News Griha :: न्यूजगृह
बागमती गोल्डकपमा आज आर्मी र एपीएफ भिड्दै

मकवानपुर– बागमती गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । 

मकवानपुरको बागमती गाउँपालिका-८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा फाइनल प्रवेशका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब खेल्दैछन् । 

दिउँसो १ बजे हुने खेलमा दुवै टोली जीत निकाल्ने योजनासहित मैदान उत्रने तयारी छन् । आर्मी यसअघि भएको क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई र एपीएफ चर्च ब्वाइज युनाइटेडलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । 

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०९:०३
Weather Update