एमाले केन्द्रीय कमिटी आजदेखि, पार्टी निर्माणदेखि जनपरिचालनसम्मका कार्यसूची

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ।
बैठक बिहान ११ बजेदेखि पार्टी मुख्यालय च्यासलमा हुनेछ। एमालेले केन्द्रीय कमिटीका लागि विभिन्न ६ कार्यसूची तय गरेको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए। गौतमकका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन्।
साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।
यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० ०७:१३