बलम्बुमा प्रहरी कार्यालयभित्रै गोली चल्यो, सर्वसाधारणसहित दुई जना घाइते

काठमाडौं– प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते भएका छन् ।
इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन काेतमा गएका थिए । त्यसक्रममा गोली चलेको हो ।
गोली लागेर उनको बडीगार्ड र एक सर्वसाधारण घाइते भएका छन् । घाइतेको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ । थप विवरण आउँन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० १९:२६