News Griha :: न्यूजगृह
आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

काठमाडौं– नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

गत मंसिर २६ मा आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले पदबाट राजीनामा दिएका थिए । रिक्त रहेको पदमा पदपूर्तिका लागि पुस ७ मा दरखास्त आह्वान गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १९:३३
Weather Update