News Griha :: न्यूजगृह
बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा सरकार १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा तथ्यहीन रहेको बताएका छन्। 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले घटनाबारे समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन आफूले गरेको र आजको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने र आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘सरकारको तर्फबाट बालकुमारी घटनामा तत्काल लिएको पहल र क्रियाकलापबारे बिल्कुल गलत सूचना भएको मैले महसुस गरे। सरकारले त्यस घटनामा संलग्नलाई तत्कालै निलम्बन गर्नका लागि र पीडितहरूका सवालमा मान्यहरुले भन्नुभयो १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा बिल्कुल तथ्यहीन हो। छानविन समिति पक्कै प्रतिपक्षले बनाएको त होइन। सरकारले नै बनाएको हो। मैले हेर्दै छु आजै मन्त्रिपरिषद् छ । प्रतिवेदनको अध्ययन गरेको छु आवश्यक कारबाही गरिन्छ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा १० लाख दिएर सरकार चुपचाप बसेको आरोप लगाएका थिए। त्यस्तै एमालेका सचेतक महेश बर्तौलाले पनि उक्त घटनामा गृहमन्त्री र मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेका थिए। 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:४६
Weather Update