News Griha :: न्यूजगृह
गोलभेडाको मूल्य घट्यो, आलु र सिमीको बढ्यो
गोलभेडाको मूल्य घट्यो, आलु र सिमीको बढ्यो कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन ६ गते आइतबारका लागि कृषि उपजको मूल्य तय गरेको छ। शुक्रबारका तुलनामा केही तरकारीको मुल्य बढेको छ भने केहीको घटेको छ। 
समाजवादी मोर्चाको बैठक आज, भावी कार्ययोजना बनाउने
समाजवादी मोर्चाको बैठक आज, भावी कार्ययोजना बनाउने समाजवादी मोर्चाको बैठक आजलाई डाकिएको छ। मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्ने जनाएको छ। 
आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बेग्ला बेग्लै बैठक
आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बेग्ला बेग्लै बैठक आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक डाकिएको छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेलाई बोलाइएको छ। 
यी चार प्रदेशमा आज हल्का वर्षाको सम्भावना
यी चार प्रदेशमा आज हल्का वर्षाको सम्भावना विभागका अनुसार आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना छ।
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल राशिफल जे जस्तो भए मेहनतका साथ काम गर्नुहोस् सफलता तपाईंकै हुने छ। तपाईंको दिन मङ्गलमय रहोस्, शुभकामना।
भरुवा बन्दुकको गोली लागेर युवकको मृत्यु
भरुवा बन्दुकको गोली लागेर युवकको मृत्यु शिकार गर्न निस्केका एक युवकको गोली लागेर मृत्यु भएको छ। बबई गाउँपालिका– ४ ठाटीखोलाका २४ वर्षीय तेजलाल खत्री शान्तिनगर गाउँपालिका– १ स्थित बान्द्रेखोला जङ्गलमा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो।इलाका प्रहरी प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार शनिबार बिहान खत्रीको शव...
आमाको आत्मदाह प्रयासमा पाँच वर्षीया छोरीको मृत्यु
आमाको आत्मदाह प्रयासमा पाँच वर्षीया छोरीको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८:३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन्। घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो।
सगरमाथा क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु 
सगरमाथा क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु  कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका बेलायती नागरिक डायरोको सोही स्थानमा मृत्यु भएको हो। गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका उनी लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेपस्थित हिमालयन लजमा बास बसेका थिए। सोही...
मूर्ति सेलाउने क्रममा रौतहटमा झडप, प्रशासनले लगायो ईशनाथ नगरपालिकामा कर्फ्यु
मूर्ति सेलाउने क्रममा रौतहटमा झडप, प्रशासनले लगायो ईशनाथ नगरपालिकामा कर्फ्यु सरस्वतीको मूर्ति सेलाउने क्रममा झडप भएपछि रौतहट प्रशासनले ईशनाथ नगरपालिकामा कर्फ्यु जारी गरिएको छ। ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने क्रममा शुक्रबार दिउँसो र शनिबार साँझ दुई पक्षबीच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
बहुमूल्य पत्थर क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने, व्यवस्थापनको जिम्मा नगरपालिकालाई
बहुमूल्य पत्थर क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने, व्यवस्थापनको जिम्मा नगरपालिकालाई गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट बरामद बहुमूल्य ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बसेको सर्वपक्षीय बैठकले धार्मिक र पर्यटकीय हिसाबले गोरखा दरबारमा राख्न उचित हुने निष्कर्ष निकालेको हो। 
‘टिकटक नखोली सुखै छैन’
‘टिकटक नखोली सुखै छैन’ त्यसपछि टिकटक बन्दको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दा अझै विचाराधीन छ। पछिल्लो पटक टिकटकले नै सरकारलाई पत्र लेख्दै सर्त मान्न तयार रहेको बताएको छ। टिकटक बन्द गर्ने सरकारको निर्णयलाई केहीले समर्थन जनाए । केही सरकारको निर्णयको विरोध गरे। 
Weather Update