समाजवादी मोर्चाको बैठक आज, भावी कार्ययोजना बनाउने

काठमाडौं– समाजवादी मोर्चाको बैठक आजलाई डाकिएको छ। मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्ने जनाएको छ।
सरकारका कामको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्न बैठक डाकिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी छन्।
मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० ०६:५५