News Griha :: न्यूजगृह
आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बेग्ला बेग्लै बैठक
फाइल तस्बिर

काठमाडौं– आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक डाकिएको छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेलाई बोलाइएको छ। 

आजको बैठकमा सांसदकमा प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची छ। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि १३ सांसदले लिखित प्रश्न पेश गरिसकेका छन् ।

बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्न १३ जना सांसदले लिखित प्रश्न पेश गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

यस्तो छ प्रतिनिधि सभा बैठकको आजको सम्भावित कार्यसूची

संसदको तेस्रो अधिवेशनको तेस्रो बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमाथि उठेका प्रश्नको प्रत्यक्ष जवाफ दिन लागेका हुन् ।

यसैगरी आजै राष्ट्रिय सभाको बैठक पनि डाकिएको छ। राष्ट्रिय सभा बैठक भने दिउँसो एक बजेर एक मिनेटका लागि बोलाइएको छ।

यस्तो छ राष्ट्रिय सभा बैठकको आजको सम्भावित कार्यसूची

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०६:४१
Weather Update