सक्कली प्रचण्डको प्रतीक्षामा नक्कली 'प्रचण्ड' शनिबार, फागुन ५, २०८०
बालकुमारी घटनाको नैतिक जिम्मेवारी मन्त्री ज्वालाले लिनुपर्ने जाँचबुझ आयोगको निष्कर्ष शनिबार, फागुन ५, २०८० ललितपुरको बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजना दोषी भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगले शुकबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भइरहेको ठाउँमा पुग्दा मानवीय क्षतिको घटना भएको उल्लेख छ ।
सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ, एक अर्ब हिनामिना गरेको आरोप शनिबार, फागुन ५, २०८० बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरीले कार्यालय बुटवल डीएसपी विजयराज पण्डितले बताए । पक्राउ परेका उनीहरूविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पनि उनले बताए।
![कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]](https://newsgriha.com/uploads/posts/exam-board-parikshya-board-1706074499.jpg)
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित] शनिबार, फागुन ५, २०८० कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

ठगी मुद्दामा डोनाल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना शनिबार, फागुन ५, २०८० अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ । अदालतले ट्रम्प र उनका छोराहरूलाई पनि सजाय र जरिवाना लगाएको छ ।

मन्दिरै मन्दिरको गाउँ पिठातोला शनिबार, फागुन ५, २०८० बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला । जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् ।
![आज देशभरको मौसम सफा रहने [तीन दिनको मौसम पूर्वानुमानसहित]](https://newsgriha.com/uploads/posts/weather-mausam-nepa-todays1686184968.jpeg)
आज देशभरको मौसम सफा रहने [तीन दिनको मौसम पूर्वानुमानसहित] शनिबार, फागुन ५, २०८०

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल शनिबार, फागुन ५, २०८० तपाईंको भाग्य र नतिजा तपाईंकै मेहनत र परिश्रममा निर्भर गर्नेछ। राशिफल जे जस्तो भए मेहनतका साथ काम गर्नुहोस् सफलता तपाईंकै हुने छ। तपाईंको दिन मङ्गलमय रहोस्, शुभकामना।

काठमाडौंमा थप दुई महिना लम्बियो निषेधाज्ञा शुक्रबार, फागुन ४, २०८० काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माका अनुसार यसअघि शुक्रबारसम्म कायम भएको निषेधाज्ञालाई थप दुई महिनाका लागि निरन्तरता दिइएको हो।

प्रहरी कर्मचारी समायोजन गर्न पाँच सदस्यीय समिति गठन, को-को छन् समितिमा? शुक्रबार, फागुन ४, २०८० प्रहरी कर्मचारी समायोजन समिति गठन भएको छ। प्रहरी कर्मचारी समायोजन सम्बन्धी कार्य सम्पन्न गर्न गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्व पाँच सदस्यीय समिति गठन भएको हो।समितिमा गृह मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव सहसंयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य तथा मन्त्रालयका प्रहरी...

बालकुमारी घटना जाँचबुझ आयोगले ४४ दिनमा प्रतिवेदन बुझायो शुक्रबार, फागुन ४, २०८० आयोगका अध्यक्ष पौडेलका अनुसार घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेर प्रतिवेदन तयार पारिएको हो ।

शक्तिशाली राष्ट्रहरूबीचको वैमनस्यले ठूलो क्षति भयो : ओली शुक्रबार, फागुन ४, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भविष्यमा आउनसक्ने चुनौतीहरूको सामना गर्न सान्दर्भिक राजनीतिक दर्शनको आवश्यकता रहेको औंल्याएका छन् ।पार्टीनिकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शक्तिशाली राष्ट्रहरू बीचको वैमनस्यले गर्दा विकासउन्मुख देशहरूले क्षति ब्यहोर्नुपरेको बताए ।

ललिता निवास जग्गाको ९३ वर्षे कहानी– कसले, कसरी, कहिले–कहिले गरे भ्रष्टाचार? शुक्रबार, फागुन ४, २०८० १९९३ सालमा तत्कालीन प्रधानमन्त्री भीम शमशेरले राजा त्रिभुवनसँग मागेर बालुवाटार क्षेत्रको २९९ रोपनी ९ आना २ पैसा जग्गा आफ्नो नाममा कायम गरेका थिए। तत्कालीन अवस्थामा केही गुठी नाममा रहेको र केही किसानलेसमेत जोत–भोग गर्दै आएको जग्गा भीम शमशेरको नाममा आएपछि पर्खाल लगाएर घेरिएको थियो। जग्गा घेरिएको पर्खालमा ‘ललिता देवी’ भनेर...









