News Griha :: न्यूजगृह
काठमाडौंमा थप दुई महिना लम्बियो निषेधाज्ञा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रको समयावधि थप दुई महिना लम्ब्याएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माका अनुसार यसअघि शुक्रबारसम्म कायम भएको निषेधाज्ञालाई थप दुई महिनाका लागि निरन्तरता दिइएको हो।

प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद् भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको छ।

हेर्नुहोस् सूचना: 

 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  २१:४८
Weather Update