आईसीसी विश्वकप क्रिकेटमा आइतबार इङ्ग्ल्याण्डसँग खेल्दै अफगानिस्तानआइतबार, असोज २८, २०८०

विश्वकप क्रिकेट : पाकिस्तानलाई हराएपछि भारत अङ्क तालिकाको शीर्ष स्थानमा आइतबार, असोज २८, २०८० शनिबार अहमदाबादमा भएको खेलमा भारतीय बलरले उत्कृष्ट प्रदर्शन गर्दा पाकिस्तान ४२.५ ओभरमा १९१ रनमै अलआउट भएको थियो । भारतले १९२ रनको लक्ष्य ३०.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

एसीसी यू–१९ प्रिमियर कपमा आज नेपाल र बहराइन भिड्दै आइतबार, असोज २८, २०८० एसीसी यू–१९ मेन्स प्रिमियर कपमा नेपालले आइतबार बहराइनसँग खेल्दैछ । मलेसियास्थित बायोमास ओभलमा हुने खेल बिहान नेपाली समय अनुसार सवा सात बजे सुरु हुनेछ ।

विश्वकप क्रिकेट : पाकिस्तानले भारतलाई दियो १९२ रनको लक्ष्य शनिबार, असोज २७, २०८० अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए । ५८ बल सामना गरेका उनले ७ चौका प्रहार गरे । त्यस्तै मोहम्मद रिजवानले ६९ बलमा ४९ रन बनाए ।

विश्वकप क्रिकेट : अहमदाबादमा भारत र पाकिस्तानबीच भिडन्त शनिबार, असोज २७, २०८० आईसीसी विश्वकप क्रिकेटमा शनिबार भारत र पाकिस्तानबीच खेल हुँदैछ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ ।

विश्वकप क्रिकेट : न्युजिल्याण्डको लगातार तेस्रो जित शनिबार, असोज २७, २०८० बंगलादेशलाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ । जितसँगै ३ खेलमा ६ अङ्क जोडेको न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । पराजयसँगै समान खेलबाट २ अङ्कका साथ बंगलादेश छैटौँ स्थानमा छ ।

टी-२० शृंखला नखेल्ने भन्दै सन्दीपले लिए राष्ट्रिय टिमबाट नाम फिर्ता शुक्रबार, असोज २६, २०८० नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरू कात्तिक १ देखि १० गतेसम्म हुनेछ । सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र...

विश्वकप छनोट : नेपाल र लाओसले खेले बराबरी बिहीबार, असोज २५, २०८० विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो लेगको खेलमा एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै नेपालले बराबरी गरेको हो । नेपालका लागि अञ्जन विष्टले कीर्तिमानी गोल गर्दै खेल बराबरी गरेका थिए ।

एसियाडमा पदक जितेकी एरिका गुरुङ सम्मानित बिहीबार, असोज २५, २०८० चीनको हाङझाउ सम्पन्न १९औँ एसियाली खेलकुदको करातेमा रजत पदक जितेकी एरिका गुरुङलाई उनी पढेको स्कुलले सम्मान गरेको छ ।

एसीसी यू–१९ प्रिमियर कपमा नेपालले इरानलाई २७४ रनले हरायो बिहीबार, असोज २५, २०८० एसीसी यू–१९ प्रिमियर कपमा कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा नेपालले इरानमाथि २७४ रनको सानदार जित हात पारेको छ ।जितका लागि ३५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३० दशमलव ५ ओभरमा ७९ रनमा अल आउट भयो ।

देव खनाल बने यू–१९ मा दोहोरो शतक हान्ने पहिलो नेपाली बिहीबार, असोज २५, २०८० शीर्ष क्रमका ब्याटर देव खनाल यू–१९ क्रिकेटमा दोहोरो शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालले दियो इरानलाई ३५४ रनको विशाल लक्ष्य बिहीबार, असोज २५, २०८० कप्तान देव खनालको विष्फोटक शतक मद्दतमा आजबाट सुरु भएको एसीसी यू–१९ प्रिमियर कपमा इरानसमक्ष नेपालले ३५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुआत गरेको थियो । अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा...

फिफा विश्वकप छनोट प्रारम्भिक चरणमा नेपाल र लाओस प्रतिस्पर्धा गर्दै बिहीबार, असोज २५, २०८० फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत बिहीबार नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ । यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ ।