एसियाडमा पदक जितेकी एरिका गुरुङ सम्मानित

काठमाडौं— चीनको हाङझाउ सम्पन्न १९औँ एसियाली खेलकुदको करातेमा रजत पदक जितेकी एरिका गुरुङलाई उनी पढेको स्कुलले सम्मान गरेको छ ।
एसियाडमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिकालाई खेलको प्रशंसा र सफलताको लागि बिहीबार शुभकामना बोर्डिङले सम्मान गरेको हो ।
सम्मानपछि एरिकाले आफ्नो स्कुललाई प्रतिनिधित्व गरेको र मेहनतको फल पाएको भन्दै खुसी व्यक्त गरिन् ।
सम्मानपछि छोटो प्रतिक्रिया दिँदै उनले भनिन्,‘आफ्नै स्कुलबाट यसरी सम्मानित हुन पाउँदा एकदकै खुसी लागेको छ । भविष्यमा अझै धेरै स्कुललाई चिनाउन पाउँ ।’
६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि एरिकाले स्वर्ण पदक जित्ने अवसर गुमाइन् । तर, एसियाडको इतिहासमा नेपाललाई करातेबाट पहिलो रजत दिलाइन् ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १६:२६