News Griha :: न्यूजगृह
एसीसी यू–१९ प्रिमियर कपमा आज नेपाल र बहराइन भिड्दै

काठमाडौं— एसीसी यू–१९ मेन्स प्रिमियर कपमा नेपालले आइतबार बहराइनसँग खेल्दैछ । मलेसियास्थित बायोमास ओभलमा हुने खेल बिहान नेपाली समय अनुसार सवा सात बजे सुरु हुनेछ ।

आजको खेलमा नेपालले सहज जितको लक्ष्य राखेको छ। समूहमा निकै सहज प्रतिद्वन्द्वी पाएको नेपाल अपराजित रहँदै सेमिफाइनल पुग्ने योजनामा छ । 

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनले हराएको थियो ।  बहराइनले भने आफ्नो पहिलो खेलमा नै साउदी अरेबियासँग हार बेहोरिसकेको छ ।​

प्रिमियर कपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । सबै समूहको शीर्षस्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन् । यही समूहको अर्को खेलमा इरानले साउदी अरेबियासँग खेल्ने छ ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०६:३४
Weather Update