News Griha :: न्यूजगृह
नेपालले दियो इरानलाई ३५४ रनको विशाल लक्ष्य

काठमाडौं— कप्तान देव खनालको विष्फोटक शतक मद्दतमा आजबाट सुरु भएको एसीसी यू–१९ प्रिमियर कपमा इरानसमक्ष नेपालले ३५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुआत गरेको थियो । अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा ३ रन मात्रै बनाउन सके ।

१० रनमै दुई विकेट गुमाएको अवस्थामा कप्तान देवले ओपनर दिपक बोहोरासँग मिलेर नेपाललाई खेलमा फर्काएका हुन् ।

उनले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतले शतक पूरा गरेका हुन् । १०० रन बनाएलगत्तै उनी आउट भएका थिए । बोहोरा ५९ बलमा ६५ रन बनाएर आउट भए ।

यस्तै दिपक प्रसाद डुम्रेले ४४ बलमा ६९ रन बढाउँदै नेपाललाई विशाल स्कोरतर्फ अघि बढाएका थिए ।

दीपेश कँडेलले २२ बलमा २९ रन बनाए । इरानका लागि सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३–३ विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ११:१८
Weather Update