News Griha :: न्यूजगृह
विश्वकप क्रिकेट : अहमदाबादमा भारत र पाकिस्तानबीच भिडन्त 
फाइल तस्बिर ।

काठमाडौै— आईसीसी विश्वकप क्रिकेटमा शनिबार भारत र पाकिस्तानबीच खेल हुँदैछ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ । 

जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले २, २ खेल जितेर शानदार सुरुआत गरेका छन् । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यस्तै, पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८१ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो । क्रिकेटका चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानका खेलाडी राम्रो फर्ममा रहेकाले यो खेल निकै रोचक हुने अनुमान गरिएको छ । ​ 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०६:३९
Weather Update