News Griha :: न्यूजगृह
विश्वकप क्रिकेट : न्युजिल्याण्डको लगातार तेस्रो जित

काठमाडौै— बंगलादेशलाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

जितसँगै ३ खेलमा ६ अङ्क जोडेको न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । पराजयसँगै समान खेलबाट २ अङ्कका साथ बंगलादेश छैटौँ स्थानमा छ ।

चेन्नईस्थित चिदम्बरम् क्रिकेट रङ्गशालामा  बङ्गलादेशले दिएको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले ४२ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

Lockie-Ferguson-1697243627.jpgन्युजिल्याण्डका लागि ड्यारिल मिचेलले ६७ बलमा ६ चौका र ४ छक्काको मद्दतले अविजित रहँदै सर्वाधिक ८८ रनको योगदान गरे । यसैगरी ७८ रनमा रिटायर्ड हर्ट हुनुअघि कप्तान केन विलियमसनले १ सय ७ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।  डिभोन कोन्वले ४५ र ग्लेन फिलिप्सले अविजित १६ रन बनाए ।

Mahmudullah-bangaladesh-1697243626.jpgबङ्गलादेशका लागि मुस्ताफिजुर रहमान र कप्तान सकिब अल हसनले समान १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४५ रन बनायो ।

Mushfiqur-Rahim-1697243626.jpgबङ्गलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ६६ रनको योगदान गरे। यसैगरी महमुदुल्लाहले अविजित ४१, कप्तान सकिब अल हसनले ४०, महेदी हसन मिराजले ३०, तस्किन  अहमदले १७ र तान्जिद हसनले १६ रन बनाए ।

न्युजिल्याण्डका लागि लोकी फर्गुसनले ३, ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान २ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान १ विकेट लिए ।

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०६:१९
Weather Update