त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपाल ६ विकेटले विजयीबिहीबार, कात्तिक २, २०८०

साउदी अरबलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा बिहीबार, कात्तिक २, २०८० मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

हङकङले दियो नेपाललाई ९५ रनको झिनो लक्ष्य बिहीबार, कात्तिक २, २०८० त्रिदेशीय टी–ट्वान्ट्वी क्रिकेट शृंखलाअन्तर्गत जारी खेलमा हङकङले नेपाललाई ९५ रनको झिनो लक्ष्य दिएको छ ।नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।

यू-१९ प्रिमियर कपमा नेपालले साउदीलाई दियो ३४८ रनको विशाल लक्ष्य बिहीबार, कात्तिक २, २०८० मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा नेपालले विशाल स्कोर बनाएको हो ।
1688285780.jpg)
पहिलो बलमै करणले लिए विकेट बिहीबार, कात्तिक २, २०८० त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट लिएको छ । नेपाली बलर करण केसीले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका हुन् । निजाकत हङ्कङका कप्तान पनि हुन् ।

टी-२० : हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने बिहीबार, कात्तिक २, २०८० मूलपानी क्रिकेट रङ्गशालामा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपालले बुधबार भएको पहिले खेलमा यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको छ । आजको खेल पनि जित्ने लक्ष्यका साथै नेपाली टोली मैदानमा उत्रनेछ ।

यू-१९ प्रिमियर कप : नेपाल र साउदी अरेबिया भिड्दै बिहीबार, कात्तिक २, २०८० एसीसी यू-१९ प्रिमियर कपमा बिहीबार नेपालले साउदी अरेबियासँग खेल्दैछ । मलेसियाको वाइकेएम ओभलमा खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ । सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ। समूह ए मा रहेको नेपाल र साउदी अरेबिया दुवैले यसअघिका आफ्ना २-२ खेल नै जितेर ४-४ अंक बनाएका छन्...

लगातार दोस्रो जितको खोजीमा हङकङविरुद्ध मैदान उत्रदै नेपाल बिहीबार, कात्तिक २, २०८० यसअघि नेपालले पहिलो खेलमा बुधबार यूएईविरुद्ध ७ विकेटको सहज जित निकालेको थियो । टी–२० विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् । खेल बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा हङकङको यो पहिलो खेल हो ।

यूएईमाथि नेपालको सहज जित बुधबार, कात्तिक १, २०८० त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा नेपालले यूएईमाथि ७ विकेटको जित हात पारेको हो । यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्यो ।

यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य बुधबार, कात्तिक १, २०८० मूलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए ।

गुलसनले लिए यूएईको तेस्रो विकेट बुधबार, कात्तिक १, २०८० त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले यूएईको तेस्रो विकेट लिएको छ । यूएईको तेस्रो विकेट नेपाली बलर गुलसन झाले लिएका हुन् । गुलसनले यूएईका कप्तान मुहम्मद वसिमलाई १७ रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् । ६.१ ओभरमा वसिम आउट हुँदा यूएईले ३२ रन बनाएको छ ।
सोमपालले लिए यूएईको पहिलो विकेट बुधबार, कात्तिक १, २०८० नेपाली बलर सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई शून्य रनमै पेभेलियन फर्काए । सोमपालले खालिदलाई रोहित पौडेलद्वारा क्याच गराएका हुन् । यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको हो ।

टस जितेर नेपालले फिल्डिङ रोज्यो बुधबार, कात्तिक १, २०८० त्रिकोणात्मक शृङ्खला अन्तरगत नेपाल र यूएईबीचको खेल सुरु भएको छ । मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन् ।