श्रीलंकामाथि अफगानिस्तानको शानदार जित, सेमिफाइनल सम्भावना कायमैमंगलबार, कात्तिक १४, २०८०

टी-२० विश्वकप छनोटमा नेपालको उत्कृष्ट सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित सोमबार, कात्तिक १३, २०८० त्रिवि क्रिकेट मैदान, किर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य सोमबार, कात्तिक १३, २०८० आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो।

सन्दीप लामिछानेले लिए सिंगापुरको पाँचौँ विकेट सोमबार, कात्तिक १३, २०८० सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले सिंगापुरका जनक प्रकाशलाई सात रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । जनकले सात बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । सन्दीपले लिएको यो दोस्रो विकेट हो ।

टी-२० विश्वकप एसिया छनोटमा आज चार खेल, नेपालले सिंगापुरसँग खेल्दै सोमबार, कात्तिक १३, २०८० पहिलो दिन चार खेल हुनेछ । समूह 'ए' मा रहेको घरेलु टोली नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्नेछ । यो खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । समूह 'ए' अन्तर्गत नै ओमान र मलेसियाबीचको खेल त्रिवि मैदान मै दिउँसो सवा १ बजे सुरु हुनेछ ।

ऐतिहासिक पदकधारी पलेशा स्वदेश फर्किइन् आइतबार, कात्तिक १२, २०८० ऐतिहासिक पदकधारी पलेशा आइतबार बिहान स्वदेश आइपुगेकी हुन् । चीनको हाङझावमा भएको एसियाली पारा खेलकुदमा पलेशाले महिला के– ४४ क्याटगोरी अन्तर्गत ५७ केजीमुनि तौलसमूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् ।

सन्दीपको कमब्याकले नेपालको बलिङ मजबुत हुने विश्वास आइतबार, कात्तिक १२, २०८० नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईँले भोलिबाट सुरु हुने टी–२० विश्वकप क्वालिफायरका आफ्नो टोली तयार रहेको बताएका छन् ।

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप पनि टीममा फर्किए शनिबार, कात्तिक ११, २०८० सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल टोलीमा अटाएनन्।

पाकिस्तानलाई हराएर दक्षिण अफ्रिका शीर्षमा शनिबार, कात्तिक ११, २०८० विश्वकप २०२३ को अहिलेसम्मकै सर्वाधिक रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेट पराजित गरेको छ ।दक्षिण अफ्रिकाले १६ बलको खेल बाँकी छँदा यो जित निकालेको हो । दक्षिण अफ्रिकाका लागि केशव महाराजले चौकाको मद्दतले विजयी रन बटुले । उनले कूल ७ रन बनाए ।

त्रिकोणात्मक टी-२० सिरिजको उपाधि यूएईलाई, नेपाल ४ विकेटले पराजित शुक्रबार, कात्तिक १०, २०८० उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो । यसअघि त्रिवि क्रिकेट मैदान, किर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

नेपालले यूएईलाई दियो १ सय ६३ रनको मध्यम लक्ष्य शुक्रबार, कात्तिक १०, २०८० यूएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

नेपालले यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै शुक्रबार, कात्तिक १०, २०८० त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टीयू मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले यसअघि लिग चरणमा चारवटै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको थियो ।

त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा शुक्रबार, कात्तिक १०, २०८० त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ । बिहान ११ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा नेपाल हुनेछ ।