News Griha :: न्यूजगृह
टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप पनि टीममा फर्किए

काठमाडौं— टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल टोलीमा अटाएनन् ।

रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल भूर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन् ।

एसिया क्षेत्रको छनोट यही कात्तिक १३ देखि काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् । ८ टीम सहभागी हुने छनोटबाट शीर्ष दुई टीम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ । 

नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ । समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। समूह बी मा बहराइन, हङकङ, कुवेत र यूएई छन् । समूह बी का सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ ।  

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०९:१५
Weather Update