नेपालले पहिलो विकेट गुमायो, आसिफ आउटआइतबार, कात्तिक १९, २०८०

नेपालले टस जितेर ब्याटिङ गर्ने, दीपेन्द्रको स्थानमा सन्दीप जोरा आइतबार, कात्तिक १९, २०८० आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

ओमनसँग हारको बदला लिँदै उपाधि जित्ने दाउमा नेपाल आइतबार, कात्तिक १९, २०८० नेपालले बलियो टोली यूएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने ओमनले बहराइनलाई १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो ।

विश्वकप क्रिकेट : अस्ट्रेलियासँग हारेपछि इङ्ग्ल्याण्ड बाहिरियो आइतबार, कात्तिक १९, २०८० डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड विश्वकप क्रिकेट-२०२३ बाट बाहिरिएको छ । अस्ट्रेलियाले उसलाई ३३ रनले हराएपछि प्रतियोगितामा इङ्ग्ल्याण्डको चुनौती समाप्त भएको हो । इंग्ल्यान्ड आफ्नो सातौँ खेलमा पराजित रहेको यो छैटौँ अवसर हो ।

डकवर्थ लेविस नियममा पाकिस्तान विजयी, सेमिफाइनल सम्भावना कायमै आइतबार, कात्तिक १९, २०८० जितका लागि ४ सय २ रनको विशाल लक्ष्य पछ्याइरहेको पाकिस्तान खेल रोकिँदा एक विकेट गुमाएर २५.३ ओभरमा दुई सय रनको स्थितिमा थियो । त्यस स्थितिमा पाकिस्तानका लागि १ सय ८० रनको लक्ष्य तय भएको थियो ।

न्युजिल्याण्डविरुद्ध पाकिस्तानका फाखर जमानको बिस्फोटक ब्याटिङ शनिबार, कात्तिक १८, २०८० जमानले ६३ बलमा ९ छक्का र ६ चौका प्रहार गर्दै शतक बनाए । अर्का ओपनर अब्दुल्लाह साफिक सुरुमै आउट भएपछि जमानले कप्तान बाबर अजामसँग लोभलाग्दो साझेदारी गर्दै शतक पूरा गरेका हुन् ।

यूएईलाई पराजित गर्दै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट शुक्रबार, कात्तिक १७, २०८० पाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

ओमन विश्वकपमा छनोट शुक्रबार, कात्तिक १७, २०८० ओमनले फाइनल नेपालसँग खेल्नेछ । फाइनलमा पुग्दै दुवै टोली विश्वकपमा छनोट भएका छन् ।

नेपालले पायो १३५ रनको लक्ष्य शुक्रबार, कात्तिक १७, २०८० टी–२० विश्वकप छनोटका लागि नेपालले जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।
सोमपालले लिए एकै ओभरमा दुई विकेट शुक्रबार, कात्तिक १७, २०८० टी–२० विश्वकप छनोट खेलमा यूएईको नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भएका हुन् ।

यूएईविरूद्ध बलिङ गर्दै नेपाल, दीपेन्द्रसिंह ऐरी टीममा फर्किए शुक्रबार, कात्तिक १७, २०८० खेलमा यूएईले टस जितेर पहिले पहिले ब्याटिङ रोजेको छ। पहिले बलिङ गर्ने नेपाली टीममा एक परिवर्तन गरिएको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीले टीममा स्थान बनाएका छन् ।

भारतसँग श्रीलङ्काको लज्जास्पद हार शुक्रबार, कात्तिक १७, २०८० आईसीसी क्रिकेट विश्वकपमा भारतले श्रीलङ्कालाई ३०२ रनको विशाल अन्तरले पराजित गरेको छ । यससँगै जारी प्रतियोगितामा अपराजित भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

टी–२० विश्वकप छनोट : नेपाल यूएईसँग र ओमन बहराइनसँग भिड्दै शुक्रबार, कात्तिक १७, २०८० आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा शुक्रबार नेपालले यूएईसँग खेल्दै छ । मैदान उत्रिँदा नेपाल जितसहित विश्वकपमा छनोट हुने लक्ष्यमा हुनेछ । खेल मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।