
काठमाडौं— ओमन सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ ।
शुक्रबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमन विश्वकपमा छनोट भएको हो ।
बहराइनले दिएको एक सय सात रनको लक्ष्य ओमनले १४ दशमलव एक ओभरमा पूरा गर्यो । ओमनको जितमा कश्यप प्रजापतिले सर्वाधिक ५७ रन बनाए । उनले ४४ बलमा दुई छक्का र छ चौका प्रहार गरे । साथै प्रतीक अथावेलले ४१ बलमा एक छक्का र चार चौकासहित ४८ रन बनाए ।
ओमनले फाइनल नेपालसँग खेल्नेछ । फाइनलमा पुग्दै दुवै टोली विश्वकपमा छनोट भएका छन् ।
यसअघि बहराइनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय छ रन मात्रै बनाउन सक्यो । उसका लागि इमरान अलीले ३०, अहमर बिन निसारले २६ र सर्फराज अलीले २३ रन बनाए ।
ओमनका लागि अक्वि इलायसले चार विकेट लिए भने सकिल अहमदले दुई विकेट लिए । साथै फयाज बट र जीसान मक्सुदले एकरएक विकेट लिए ।