News Griha :: न्यूजगृह
विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध भारत ब्याटिङ गर्दै
विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध भारत ब्याटिङ गर्दै मुम्बईको वांखेडे रङ्गशालामा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । सेमिफाइनल खेलका लागि भारत र न्युजिल्यान्ड दुवैले टिमका केही परिवर्तन गरेका छैनन् ।
चार देशीय महिला क्रिकेटमा नेपाल तान्जानियासँग पराजित 
चार देशीय महिला क्रिकेटमा नेपाल तान्जानियासँग पराजित  हङकङमा चलिरहेको चार देशीय महिला टी-२० आई क्रिकेटमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ । जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ‌ओभरमा ८८ रनमा अल आउट भएको हो । नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अङ्कको रन...
महिला टी-२० सिरिजः तान्जानियालाई हराउन नेपालले ११६ रन बनाउनु पर्ने 
महिला टी-२० सिरिजः तान्जानियालाई हराउन नेपालले ११६ रन बनाउनु पर्ने  टस जितेर पहिले ब्याटिङको निर्णय लिएको तान्जानियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको हो ।  नेपालकी बलर संगीता राईले दुई तथा कप्तान इन्दु बर्मा, पूजा महतो र पूर्वकप्तान रुबिना क्षेत्रीले एक/एक विकेट लिए । तान्जानियाको पहिलो विकेट नेपाली टोलीकी निवर्तमान कप्तान रुविना क्षेत्रीले लिएकी थिइन् । 
विश्वकप क्रिकेट  : पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दै 
विश्वकप क्रिकेट  : पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दै  विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । मुम्बईको वांखेडे रङ्गशालामा नेपाली समयअनुसार दिउँसो सवा २ बजेदेखि खेल सुरु हुने छ । जारी विश्वकपमा अपराजित रहँदै भारतले सेमिफाइनल यात्रा तय गरेको हो । भारतले विश्वकपमा सहभागी सबै टिमलाई यस पटक समूह चरणमा पराजित गरेको छ ।
जर्मन बुन्डेसलिगामा बायर्न शीर्ष स्थानमा 
जर्मन बुन्डेसलिगामा बायर्न शीर्ष स्थानमा  घरेलु मैदान एलिएन्ज एरेनाका भएको खेलमा केनले १४औं र ४४औं मिनेटमा गोल गर्दै बायर्नलाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा हेइडेमहेइमले दुई गोल फर्कायो ।
इङ्ग्ल्यान्डसँग पाकिस्तान पराजित, हारसँगै पाकिस्तानको सेमिफाइनल सम्भावना सकियो 
इङ्ग्ल्यान्डसँग पाकिस्तान पराजित, हारसँगै पाकिस्तानको सेमिफाइनल सम्भावना सकियो  आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान पाँचौ स्थानमा सीमित बनेको छ । शनिबार इङ्ग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको हो ।  
बङ्गलादेशविरुद्धको खेलमा अष्ट्रेलिया विजयी, मार्सको शानदार शतक 
बङ्गलादेशविरुद्धको खेलमा अष्ट्रेलिया विजयी, मार्सको शानदार शतक  बङ्गलादेशले प्रस्तुत गरेको ३ सय ७ रनको लक्ष्य अष्ट्रेलियाले ४४.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । मार्सले नटआउट १ सय ३२ बलमा १ सय ७७ रन बनाए । उनले यसक्रममा १७ चौका र ९ छक्का हिर्काए । उनलाई पूर्वकप्तान स्टिभ स्मिथले ६३ रन बनाउँदै अन्तिमसम्म साथ दिए । ओपनर...
बङ्गलादेशले अष्ट्रेलियालाई दियो ३ सय ७ रनको लक्ष्य
बङ्गलादेशले अष्ट्रेलियालाई दियो ३ सय ७ रनको लक्ष्य बङ्गलादेशका लागि तोहिद हृदोयले सर्वाधिक ७४ रनको पाली खेले । उनले ७९ बलमा पाँच चौका र २ छक्का हिर्काए । यसअघि दुई ओपनरले बङ्गलादेशलाई राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि तानजिद हसन र लिट्टन दासले ७६ रनको साझेदारी गरे ।
समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी
समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी रासी भार डेर डुसेनले नटआउट रहँदै ७६ रन बनाए । उनलाई एन्डिले फेलुकवायोले नटआउट रहँदै ३९ रन बनाएर राम्रो साथ दिए । ओपनर क्वीनटन डी ककले ४१ रनको योगदान दिए भने ऐडन मारक्रमले २५ तथा डेभिड मिलरले २४ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबी र रासिद खानले २–२ विकेट...
मूलपानी, चितवन र विराटनगर क्रिकेट रङ्गशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश
मूलपानी, चितवन र विराटनगर क्रिकेट रङ्गशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले ३ वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
एन्फा विशेष साधारण सभा आज, अध्यक्ष नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्ने
एन्फा विशेष साधारण सभा आज, अध्यक्ष नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्ने गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईमाथि बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । एन्फामा कुल १०५ सदस्य रहेकोमा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।  
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति स्विट्जरल्यान्डको योङ ब्वाइजलाई ३-० गोलले हराउँदै सिटी समूहको अन्तिम दुई खेल बाँकी छँदै अन्तिम १६ मा पुगेको हो । 
Weather Update