News Griha :: न्यूजगृह
मूलपानी, चितवन र विराटनगर क्रिकेट रङ्गशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश
फाइल तस्बिर ।

काठमाडौं— सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले ३ वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि टी—२० विश्वकपमा छनोट भएका खेलाडीलाई बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रङ्गशाला बनाउने बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १३:३७
Weather Update