News Griha :: न्यूजगृह
राष्ट्रिय गौरवको आयोजनामा राखेर मूलपानी, चितवन र विराटनगरमा क्रिकेट रङ्गशाला बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी छिट्टै निर्माण सक्ने बताएका छन् ।

टी-२० विश्वकपमा छनोट भएका खेलाडीलाई मंगलबार बालुवाटारमा सम्मान गर्दै उनले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रङ्गशाला बनाउने बताए । ‘क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै छौं, भरतपुर, मूलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ,’ प्रचण्डले भने । 

उनले १० वर्षपछि नेपाललाई टी-२० विश्वकपमा छनोट गराएकोमा खेलाडीलाई बधाई पनि दिए ।  कार्यक्रममा नेपाली क्रिकेट टीमका क्याप्टेन रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरू उत्साहित भएको बताए ।

pm-prachanda-with-cricket-team-1-1699364525.jpg

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १९:२८
Weather Update