नेपालले जापानलाई दियो ११६ रनको लक्ष्यआइतबार, मंसिर ३, २०८०

युरोकप—२०२४ छनोट : जिब्राल्टरको पोस्टमा फ्रान्सको १४ गोल आइतबार, मंसिर ३, २०८० खेलमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । खेलको तेस्रो मिनेटमा नै जिब्राल्टरले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो । त्यसपछि फ्रान्सले लगातार गोल गर्यो । चौथो मिनेटमा मार्कस थुराम, १६ औं मिनेटमा वारेन इमरी र ३० औं मिनेटमा एम्बाप्पेले गोल गरे ।

एकदिवसीय विश्वकपको उपाधिका लागि भारत र अष्ट्रेलिया खेल्दै आइतबार, मंसिर ३, २०८० आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दैछन् । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा भेट पक्का गरेका थिए ।

महिला टी–२० सिरिज : जापानविरुद्ध नेपाल ६७ रनले विजयी, संगीताले लिइन् ५ विकेट शनिबार, मंसिर २, २०८० चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । ११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै...

संघर्षपूर्ण जितसँगै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा, उपाधिको लागि आइतबार भारतको सामना गर्ने शुक्रबार, मंसिर १, २०८० कीर्तिमान पाँच पल्टको च्याम्पियन अष्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ को फाइनल यात्रा तय गरेको छ । उसले बिहीबार भएको सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि संघर्षपूर्ण तीन विकेटको जित निकालेको हो । अब आइतबार हुने फाइनलमा अष्ट्रेलियाले उपाधिको भिडन्तमा भारतको सामना गर्नेछ ।

नेपाल यूएईसँग ४–० ले पराजित शुक्रबार, मंसिर १, २०८० दुबईस्थित अल–मक्टोउम रंगशालामा बिहीबार राति भएको खेलमा नेपालले चारै गोल पहिलो हाफमा बेहोरेको थियो । यूएईको खलिफा मुबारक अलहमादीले १०औँ मिनेटमा हेडर गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । ३६औँ मिनेटमा कप्तान अहमद मब्खाउटले पेनाल्टीमा गोल गर्दै यूएईको अग्रता दोब्बर पारे ।

आईसीसी विश्वकप सेमिफाइनल : जितको लागि अष्ट्रेलियाले पायो २१३ रनको लक्ष्य बिहीबार, कात्तिक ३०, २०८० भारतको इडेन गार्डेनमा जारी सेमिफाइनलमा ४९.४ ओभरमा अलआउट हुँदै दक्षिण अफ्रिकाले २१२ रन बनाएको हो । दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए । यस्तै हेनरिच क्लासेनले अर्धशतक बनाउनबाट चुके ।

महिला टी-२० सिरिजमा नेपाल हङकङसँग पराजित बिहीबार, कात्तिक ३०, २०८० चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार घरेलु टिम हङकङसँग ९ विकेटले पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल भएको छ।

विश्वकपको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै बिहीबार, कात्तिक ३०, २०८० खेल नेपाली समयअनुसार बिहीबार दिउँसो सवा २ बजे कोलकातास्थित ऐतिहासिक इडेन गार्डेन स्टेडियममा सुरु हुनेछ । यो खेलमा विजयी हुने टोलीले जारी विश्वकपको उपाधिका लागि आयोजक राष्ट्र भारतसँग भिडन्त गर्नेछ । भारत भने बुधबार खेलिएको पहिलो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई हराउँदै फाइनलमा पुगेको हो ।

फिफा विश्वकप छनोटमा आज नेपालले यूएईसँगै प्रतिस्पर्धा गर्दै बिहीबार, कात्तिक ३०, २०८० फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो ।

महिला टी–२० सिरिज : नेपालले आज हङकङसँग खेल्दै, जित्नैपर्ने दबाबमा नेपाल बिहीबार, कात्तिक ३०, २०८० पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । बुधबार जापानविरुद्धको खेलमा हङकङ भने विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ । समूह चरणको अर्को खेल अहिले जापान र तान्जानियाबीच भइरहेको छ । टस जितेर जापानले पहिला फिल्डिङ रोजेको छ ।

न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा बिहीबार, कात्तिक ३०, २०८० आयोजक राष्ट्र भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले बुधबार खेलिएको सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ९७ रन बनाएको हो ।

भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको विशाल लक्ष्य बुधबार, कात्तिक २९, २०८० आईसीसी एक दिवसीय विश्वकपको बुधवार खेलिएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ ।