News Griha :: न्यूजगृह
युरोकप—२०२४ छनोट : जिब्राल्टरको पोस्टमा फ्रान्सको १४ गोल
Photo: BBC

काठमाडौं—  फ्रान्सले युरोकप २०२४ छनोटअन्तर्गत गएरातिको खेलमा १४–० को रोमाञ्चक जित हात पारेको छ । खेलको १८ औं मिनेटमा नै १० खेलाडीमा समेटिएको जिब्राल्टरलाई फ्रान्सले १४ गोलको फराकिलो अन्तरले हराएको हो ।

खेलमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । खेलको तेस्रो मिनेटमा नै जिब्राल्टरले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो । त्यसपछि फ्रान्सले लगातार गोल गर्‍यो । चौथो मिनेटमा मार्कस थुराम, १६ औं मिनेटमा वारेन इमरी र ३० औं मिनेटमा एम्बाप्पेले गोल गरे ।

यस्तै जोनाथन क्लसले ३४, किंग्स्ले कोम्यानले ३७ र योसुफ फोफानाले ३७ औं मिनेटमा गोल गरेपछि फ्रान्सले पहिलो हाफमै ७–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि फ्रान्सले उतिनै गोल गर्‍यो । फ्रान्सले खेल अवधिभरी ३९ प्रहार गर्दा जिब्राल्टरले एउटा पनि अवसर बनाउन सकेन। जितसँगै फ्रान्स समूह बीको शीर्ष स्थानमा छ। फ्रान्स युरोकपमा छनोट भइसकेको छ ।

समूह बी कै अर्को खेलमा नेदरल्याण्ड्सले आयरल्याण्डलाई १–० गोलले हराएको छ । यो जितपछि नेदरल्याण्ड्स समूह बीको दोस्रो स्थानमा छ । उसले १५ अंक बनाएको छ । जिब्राल्टर तालिकाको पुछारमा रहँदा आयरल्यान्ड चौथो स्थानमा छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०८:१०
Weather Update