News Griha :: न्यूजगृह
एकदिवसीय विश्वकपको उपाधिका लागि भारत र अष्ट्रेलिया खेल्दै

काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दैछन् ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा भेट पक्का गरेका थिए ।

विश्वकपको इतिहासले भारतभन्दा अष्ट्रेलिया बलियो देखाउँछ । अष्ट्रेलियाले आठौँपटक विश्वकपको फाइनल खेल्न लागेको हो भने उसले पाँच पटक यो ट्रफी जितेको छ ।

भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ । भारत दुईपटक च्याम्पियन बन्दा एकपटक सन् २००३ मा उपविजेतामै चित्त बुझाउनु परेको थियो ।

सन् २००३ को एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा भएको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०६:५८
Weather Update