काठमाडौं— चार देश सम्मिलित महिला टी—२० सिरिजमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ ।
हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११५ रन बनाएको हो । नेपालका लागि ओपनर पुजा महतोले ४३ रन बनाइन् । उनले ५१ बलमा ३ चौका प्रहार गरिन् ।
त्यस्तै रोमा थापाले १९ बलमा ३ चौका हानेर २२ रन बनाउँदा १९ बल खेलेकी रूबिना क्षेत्रीले २ चौका प्रहार गरी २१ रनको योगदान गरिन् । कप्तान इन्दु बर्माले २१ बलमा १ चौका प्रहार गरी १२ रन जोडिन् । बलिङतर्फ जापानकी अहिल्या चन्डेल, इरिका तोङ्ची क्वीन र अयुमी फुजिकावाले एकएक विकेट लिइन् ।
जवाफी ब्याटिङ गरिरहेको जापान १५ ओभरमा २ विकेटको क्षतिमा ५० रन बनाएर खेलिरहेको छ। लिग चरणमा हङकङ र तान्जानियासँग पराजित भएपछि नेपालले तेस्रो स्थानका लागि आज जापानसँग खेलिरहेको छ । लिग चरणमा नेपालले जापानलाई ६७ रनले हराएको थियो ।
सिरिजको विजेता र उपविजेताका लागि हङकङ र तान्जानियासँग खेल्नेछ ।