विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध भारत ब्याटिङ गर्दै

काठमाडौं— विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले न्युजिल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
मुम्बईको वांखेडे रङ्गशालामा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । सेमिफाइनल खेलका लागि भारत र न्युजिल्यान्ड दुवैले टिमका केही परिवर्तन गरेका छैनन् ।
समूह चरणको एक मात्र अपराजित भारत सबै ९ खेल जितेर फाइनलमा पुगेको हो । न्युजिल्यान्डले भने समूह चरणका ९ मध्ये ४ खेल हारेको थियो र समूह चरणमा चौथो भएर सेमिफाइनलमा पुगेको हो ।
यी दुईबीच समूह चरणमा भएको खेलमा भारत ४ विकेटले विजयी भएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० १४:२५