
काठमाडौं— आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान पाँचौ स्थानमा सीमित बनेको छ । शनिबार इङ्ग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको हो ।
पाकिस्तानले सबै ९ खेल खेल्दा ८ अंक जोड्यो । पाकिस्तानको हारसँगै न्युजिल्यान्डले सम्भावित सेमिफाइनल यात्रा पक्का भयो । अब सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको न्युजिल्यान्ड भिड्दा अर्को सेमिफाइनलमा दोस्रो स्थानको दक्षिण अफ्रिका र तेस्रो स्थानको अस्ट्रेलिया प्रतिस्पर्धा गर्नेछन् ।
शनिबार कोलकतामा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ९ विकेटको क्षतिमा ३३७ रन जोड्यो । इंग्ल्यान्डका लागि वेन स्कोक्सले ८४ रन, जोए रुटले ६० रन र जोनी बार्यस्टोले ५९ रन जोडे ।
बलिङमा पाकिस्तानका हरिस रउफले ३ विकेट लिँदा शाहीन शाह अफ्रिदी र मोहमद वासीमले २/२ विकेट हात पारे । ३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २४४ रनमा अलआउट भयो ।
पाकिस्तानका लागि अघा सलमानले ५१ रन जोडे। बलिङमा इङ्ग्ल्यान्डका डेभिड विलीले ३ विकेट लिए । यता जितसँगै इंग्ल्यान्ड ६ अङ्क जोडेर सातौँ स्थानमा उक्लियो ।