News Griha :: न्यूजगृह
बङ्गलादेशले अष्ट्रेलियालाई दियो ३ सय ७ रनको लक्ष्य
फाइल तस्बिर ।

काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप अन्तरगत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले अष्ट्रेलिया सामु ३ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ६ रन बनाएको हो ।

बङ्गलादेशका लागि तोहिद हृदोयले सर्वाधिक ७४ रनको पाली खेले । उनले ७९ बलमा पाँच चौका र २ छक्का हिर्काए । यसअघि दुई ओपनरले बङ्गलादेशलाई राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि तानजिद हसन र लिट्टन दासले ७६ रनको साझेदारी गरे ।

दुवै खेलाडी समान ३६–३६ रन बनाएर आउट भए ।  

कप्तान नजमुल होसेन सान्तोले रन आउट हुनअघि ४५ रनको योगदान दिए । त्यस्तै, मोहम्मदुल्लाहले ३२ रन बनाए भने खेलको अन्त्यतिर मेहदी हसन मिराजले २० बलमा २९ रन बनाए ।

अष्ट्रेलियाका लागि सन एबट र एडम जाम्पाले २–२ तथा मार्कस स्टोइनिसले १ विकेट लिए । अन्य तीन जना ब्याट्सम्यान रन आउट भएका थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १४:४७
Weather Update