महिला टी-२० सिरिजः तान्जानियालाई हराउन नेपालले ११६ रन बनाउनु पर्ने

काठमाडौं— हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृङ्खलामा बुधबार तान्जानियाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङको निर्णय लिएको तान्जानियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको हो । नेपालकी बलर संगीता राईले दुई तथा कप्तान इन्दु बर्मा, पूजा महतो र पूर्वकप्तान रुबिना क्षेत्रीले एक/एक विकेट लिए । तान्जानियाको पहिलो विकेट नेपाली टोलीकी निवर्तमान कप्तान रुविना क्षेत्रीले लिएकी थिइन् ।
टी-२० क्रिकेट शृङ्खलामा नेपाल, तान्जानियाले र हङ्कङसँगै चौथो टोलीका रुपमा जापान सहभागी छ । नेपालले नयाँ कप्तान इन्दु बर्माको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । नेपालले तान्जानियाविरुद्धको खेलको पनि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० ०९:०३