News Griha :: न्यूजगृह
नेपालले पहिलो विकेट गुमायो, आसिफ आउट

काठमाडौं— आईसीसी टी–२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबीचको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख ६ रन बनाएर आउट भएका हुन् । 

बिलाल खानको बलमा आसिफ क्याचआउट भए । नेपालले १ विकेटको क्षतिमा १५ रन बनाएको छ ।

कीर्तिपुर विश्वविद्यालयको मैदानमा भइरहेको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा दुई टोलीबीच यो दोस्रो खेल हो । यसअघि समूह चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:२०
Weather Update