News Griha :: न्यूजगृह
नेपालले पायो १३५ रनको लक्ष्य

काठमाडौं— टी–२० विश्वकप छनोटका लागि नेपालले जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।

nepali-cricket-team-5-1698995683.jpg

आक्रामक सुरुआत गरेको यूएईविरूद्ध नेपालले चौथो ओभरमा दुई विकेट लिएको थियो । चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले यूएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरे । सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गराए । वासीमले १६ बलमा ३ चौका र २ छक्का हिर्काए ।

त्यसपछि नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए । सन्दीपले १० औँ ओभरमा आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा परे। सन्दीपले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र खर्चिए । सन्दीपले १४ बल डट फ्याँकेका थिए । नेपालका लागि कुशल मल्लले १४ औँ ओभरमा चौथो विकेट लिए । उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे ।

नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौ विकेट लिए । उनले यूएईका अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच गराए । त्यतिबेला यूएईले १५.५ ओभरमा ५ विकेटको क्षतिमा १०० रन जोडेको थियो ।

nepali-cricket-team-3-1698995682.jpg

सन्दीपले १८ औँ ओभरमा मेडन विकेट लिएका थिए । उनले सो ओभरमा बासील हमीदलाई १ रनमा आउट गरेपछि पाँच बलमा कुनै रन दिएनन् ।

बलिङमा नेपालका कुशल मल्लले ३ विकेट लिए । उनले अन्तिम ओभरमा २ विकेट लिएका थिए । कुशलले ३ ओभरमा १० रन खर्चिए । 

nepali-cricket-team-2-1698995681.jpg

यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकी नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ। नेपालले पहिलो पटक २०१४ को विश्वकप खेलेको थियो।

nepali-cricket-team-1-1698995681.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:४२
Weather Update