News Griha :: न्यूजगृह
न्युजिल्याण्डविरुद्ध पाकिस्तानका फाखर जमानको बिस्फोटक ब्याटिङ 
File Photo

काठमाडौं— एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानका फाखर जमानले बिस्फोटक ब्याटिङ गर्दै शतक पूरा गरेका छन् ।

जमानले ६३ बलमा ९ छक्का र ६ चौका प्रहार गर्दै शतक बनाए । अर्का ओपनर अब्दुल्लाह साफिक सुरुमै आउट भएपछि जमानले कप्तान बाबर अजामसँग लोभलाग्दो साझेदारी गर्दै शतक पूरा गरेका हुन् ।

२५ ओभरमा एक विकेटको क्षतिमा १९९ रन जोडेको पाकिस्तानले न्युजिल्याण्डले दिएको ४०२ रनको फराकिलो चुनौती पछ्याइरहेको छ । पाकिस्तान र न्युजिल्याण्ड दुवै टीम यो खेलमा जित निकाल्दै सेमिफाइनल स्थानमा सम्भावना बढाउने दाऊमा छ ।  

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १८:४८
Weather Update