सोमपालले लिए एकै ओभरमा दुई विकेट
काठमाडौं— टी–२० विश्वकप छनोट खेलमा यूएईको नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भएका हुन् ।
खालिदलाई सोमपाल आफैले रन आउट गरेका थिए । वासिमलाई करण केसीबाट क्याच आउट गराए ।
खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टीम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टीमका लागि यो खेल महत्वपूर्ण छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० ११:२९