News Griha :: न्यूजगृह
विश्वकप क्रिकेट : अस्ट्रेलियासँग हारेपछि इङ्ग्ल्याण्ड बाहिरियो 

काठमाडौं— डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड विश्वकप क्रिकेट-२०२३ बाट बाहिरिएको छ । अस्ट्रेलियाले उसलाई ३३ रनले हराएपछि प्रतियोगितामा इङ्ग्ल्याण्डको चुनौती समाप्त भएको हो । इंग्ल्यान्ड आफ्नो सातौँ खेलमा पराजित रहेको यो छैटौँ अवसर हो ।

यससँगै टिम २ अंकमै सीमित रह्यो । अस्ट्रेलियाको भने सात खेलबाट १० अङ्क भएको छ र टिम तेस्रो स्थानमा छ । यो जितले उसको अन्तिम चारको यात्रा सम्भावना बलियो बनेको छ । उसको यो लगातार पाँचौं जित हो ।

जितका लागि २ सय ८७ रनको लक्ष्य पाएको इङ्ग्ल्याण्डले ४८.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ५३ रनमात्र बनाउन सक्यो । यसमा बेन स्टोक्सले सर्वाधिक ६४ रन बनाए ।

यस्तै डाविड मालन ५० र मोइन अलिले ४२ रन बनाए । अस्ट्रेलियाली बलरमध्ये एडम जाम्पाले तीन विकेट लिए । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुन अगाडि २ सय ८५ रन बनाएको थियो ।

त्यसमा मार्नस लबुचेनले सर्वाधिक ७१ रन बनाए । त्यस बाहेक स्टिभ स्मिथले ४४ र क्यामरुन ग्रिनले ४७ रनको योगदान दिए । इंग्लिस बलरमध्ये क्रिस वक्सले ५४ रनमा चार विकेट हात पारे । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०६:१५
Weather Update