टी-२० विश्वकप छनोटमा नेपालको उत्कृष्ट सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

काठमाडौं— टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ ।
सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।
त्रिवि क्रिकेट मैदान, किर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० १२:०९