नेपालले यूएईलाई दियो १ सय ६३ रनको मध्यम लक्ष्य

काठमाडौं— त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि भिडन्तमा नेपालले यूएईलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ ।
यूएईले केहीबेरमा जबाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।
खेलको आक्रामक सुरुआत गरेका नेपाली ब्याट्सम्यानले पछिसम्म त्यसलाई निरन्तरता दिन नसकेपछि यूएईले मध्यम जितको लागि मध्यम स्कोर पाएको हो । अन्तिम ओभरमा समेत नेपालले गतिलो रन बटुल्न सकेनन् । नेपालले अन्तिम ओभरमा दुई रन मात्र बनायो । करण केसी २३ रन बनाउँदै अविजित रहे ।
टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८० १३:०२