News Griha :: न्यूजगृह
सन्दीप लामिछानेले लिए सिंगापुरको पाँचौँ विकेट

काठमाडौं— सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको पाँचौँ विकेट लिएको छ ।  

सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले सिंगापुरका जनक प्रकाशलाई सात रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । जनकले सात बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । सन्दीपले लिएको यो दोस्रो विकेट हो ।

जनक आउट हुँदा सिंगापुर १०.२ ओभरमा पाँच विकेट गुमाएर ७० रन बनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १०:००
Weather Update