News Griha :: न्यूजगृह
त्रिकोणात्मक टी-२० सिरिजको उपाधि यूएईलाई, नेपाल ४ विकेटले पराजित

काठमाडौं— आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले हङकङसमेत सम्मिलित त्रिकोणात्मक सिरिज जितेको छ ।

उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो । यसअघि त्रिवि क्रिकेट मैदान, किर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १५:१०
Weather Update