त्रिकोणात्मक टी–२० शृङ्खला फाइनल
नेपालले यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाडौं— त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
टीयू मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले यसअघि लिग चरणमा चारवटै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको थियो ।
यूएई भने नेपालसँगको दुवै खेलमा पराजित भएको थियो । तर, हङकङसँग समान अंक भए पनि नेट रनरेटमा अगाडि रहेर फाइनल पुगेको हो ।
फाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । अलराउण्डर विवेक यादवको स्थानमा स्पीनर ललित राजवंशी पहिलो रोजाईँमा खेल्दैछन् ।
खेल ११ बजे टीयू क्रिकेट मैदानमा सुरु हुँदैछ । टी–२० आई हेड टू हेडमा नेपाल यूएईभन्दा अगाडि छ । नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८० १०:५२