News Griha :: न्यूजगृह
यू-१९ प्रिमियर कप : नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौं एसीसी यू-१९ प्रिमियर कपमा बिहीबार नेपालले साउदी अरेबियासँग खेल्दैछ । मलेसियाको वाइकेएम ओभलमा खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ। समूह ए मा रहेको नेपाल र साउदी अरेबिया दुवैले यसअघिका आफ्ना २-२ खेल नै जितेर ४-४ अंक बनाएका छन् । अब यस खेलको विजेता सेमिफाइनलमा पुग्ने छ ।

नेपालले यसअघि पहिलो खेलमा इरानमाथि शानदार २७४ रनको जित निकालेको छ ।  बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । त्यसैगरी साउदी अरेबियाले आफ्नो पहिलो खेलमा इरानलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई ६७ रनले हराएको थियो ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू-१९ एसिया कपमा छनौट हुने छन् ।

त्यस्तै सेमिफाइनलका खेल कार्तिक ५ गते हुने छ भने फाइनल र तेस्रो स्थानको खेल कार्तिक ७ गते हुनेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०६:५८
Weather Update