News Griha :: न्यूजगृह
यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य
तस्बिर : अनलाइन खबर

काठमाडौं—  त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए । 

यस्तै अली नासिरले पनि ३२ रन जोडे । हमिद र नासिरबीच पाचौँ विकेटका लागि ५६ रनको साझेदारी भएको थियो । ५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरूले अर्धशतकीय साझेदारी गरेका हुन् ।

नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एकएक विकेट हात पारे । करनले चार ओभरमा केवल १९ रन खर्चिए ।

विश्वकप छनोटका तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो । नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:५१
Weather Update