News Griha :: न्यूजगृह
हङकङले दियो नेपाललाई ९५ रनको झिनो लक्ष्य

काठमाडौं— त्रिदेशीय टी–ट्वान्ट्वी क्रिकेट शृंखलाअन्तर्गत जारी खेलमा हङकङले नेपाललाई ९५ रनको झिनो लक्ष्य दिएको छ ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।

हङकङको सुरुवात नै निकै खराब रह्यो । १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ रन जोडे । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २-२ तथा कुशल मल्ल र मौसम ढकालले एक-एक विकेट लिए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १२:४२
Weather Update