टी-२० : हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

काठमाडौं— नेपाल टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।
मूलपानी क्रिकेट रङ्गशालामा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपालले बुधबार भएको पहिले खेलमा यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको छ । आजको खेल पनि जित्ने लक्ष्यका साथै नेपाली टोली मैदानमा उत्रनेछ ।
नेपाली टोलीले हङकङसँगको खेलमा पनि कुनै परिवर्तन गरेको छैन । टी-२०आई नेपाललले साढे तीन वर्षपछि हङकङसँग खेल्न लागेको हो । पछिल्लो पटक नेपाल र हङकङ २०२० मार्चमा एसीसी टी-२० इस्टर्न रिजनमा खेलेका थिए । जसमा हङकङ ४३ रनले विजयी भएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० ११:०९