सोमपालले लिए यूएईको पहिलो विकेट
काठमाडौं— मूलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले यूएईको पहिलो विकेट लिएको छ ।
नेपाली बलर सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई शून्य रनमै पेभेलियन फर्काए । सोमपालले खालिदलाई रोहित पौडेलद्वारा क्याच गराएका हुन् । यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको हो ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्मक शृङ्खलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८० १३:१९