News Griha :: न्यूजगृह
गुलसनले लिए यूएईको तेस्रो विकेट

काठमाडौं— त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले यूएईको तेस्रो विकेट लिएको छ । यूएईको तेस्रो विकेट नेपाली बलर गुलसन झाले लिएका हुन् ।

गुलसनले यूएईका कप्तान मुहम्मद वसिमलाई १७ रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् । ६.१ ओभरमा वसिम आउट हुँदा यूएईले ३२ रन बनाएको छ । 

यूएईको दोस्रो विकेट करण केसीले लिएका हुन् । त्यस्तै, पहिलो विकेट सोमपाल कामीले लिएका हुन् । 

नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । त्रिकोणात्मक शृङ्खलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ ।   

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:५६
Weather Update