News Griha :: न्यूजगृह
एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक
एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो ।
अफगानिस्तानलाई ६ विकेटले गराउँदै बंगलादेश विजयी 
अफगानिस्तानलाई ६ विकेटले गराउँदै बंगलादेश विजयी  आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै बंगालदेशले विजयी सुरुवात गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य बंगलादेशले मात्र ४ विकेटको क्षतिमा ९२ बल अगावै पछ्याएको हो । बंगलादेशलाई जीत दिलाउन नजमुल होसेन सान्तोले नटआउट ५९ रन बनाए । उनलाई मेहदी हसन मिराजले...
विश्वकप क्रिकेट : बंगलादेशसँग अफगानिस्तान १५६ रनमा अलआउट
विश्वकप क्रिकेट : बंगलादेशसँग अफगानिस्तान १५६ रनमा अलआउट धर्मशाला क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको हो । अफगानिस्तानका ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए ।
एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित
एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ ।नेपालले मंगोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए ।आजको खेलमा पहिलो सेट मंगोलियाले २५–१७ अंकले जित्यो...
एसियाली खेलकुदको कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको संघर्ष
एसियाली खेलकुदको कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको संघर्ष एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जंगलमा गएका थिए । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै थिइन् ।हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनको छानो भएको सानो भुइँतले घरमा अनुजाको बुबा र आमा बस्छन् । नजिकै...
आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्याण्ड्सलाई दुई सय ८७ रनको लक्ष्य दियो
आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्याण्ड्सलाई दुई सय ८७ रनको लक्ष्य दियो भारतको हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रन बनायो । पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान गरे । रिजवानले ७५ बलमा ८ चौका प्रहार गर्दै ६८ रन बनाएका हुन् । त्यस्तै सकिलले ५२...
नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा
नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा  फूटबल वर्ल्ड कप—२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड—१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रंगशालामा हुने भएको छ ।शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त जानकारी दिएको हो । फिफा वरीयतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा...
भारत एसियाली खेलकुद किक्रेटको फाइनलमा
भारत एसियाली खेलकुद किक्रेटको फाइनलमा  १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारत फाइनल प्रवेश गरेको छ ।शुक्रबार चीनको हाङझाउमा भएको खेलमा भारतले बंगलादेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
१९औँ एसियाली खेलकुदमा नेपाललाई कास्य पदक
१९औँ एसियाली खेलकुदमा नेपाललाई कास्य पदक महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो । 
एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली
एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो ।
एसियाली खेलकुद : ३८ राष्ट्रलाई पदक, चीन शीर्षस्थानमा
एसियाली खेलकुद : ३८ राष्ट्रलाई पदक, चीन शीर्षस्थानमा १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन् । 
एकदिवसीय विश्वकप आजदेखि, पहिलो खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै
एकदिवसीय विश्वकप आजदेखि, पहिलो खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा साविक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् ।
Weather Update