News Griha :: न्यूजगृह
एकदिवसीय विश्वकप आजदेखि, पहिलो खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै
hindustantimes

काठमाडौं— आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा साविक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको यस संस्करणमा १० टिमको सहभागिता छ । यसपटक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्याण्ड्स छन् । विश्वकपको यस संस्करणमा नेदरल्याण्ड्स एकमात्र एसोसिएट राष्ट्र हो । 

प्रतियोगिताको पहिलो खेल विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशाला नरेन्द्र मोदी रङ्गशालामा हुनेछ । आजको खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०६:५८
Weather Update